‘जेलर २’ आगामी १५ अक्टोबरमा रिलिज हुने
ratopati.com · Fri Jul 03 09:26:55 GMT 2026

काठमाडौँ । रजनीकान्त स्टारर फिल्म ‘जेलर २’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण कम्पनी सन पिक्चर्सले सामाजिक सञ्जालमा एक टिजर सार्वजनिक गर्दै आगामी १५ अक्टोबरदेखि फिल्मको प्रदर्शन हुने घोषणा गरेको हो।
फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने निर्माण पक्षको अपेक्षा छ । भारतका साथै रजनीकान्त को राम्रो क्रेज रहेका अन्तर्राष्ट्रिय बजारहरूमा पनि फिल्म एकसाथ प्रदर्शन हुनेछ। फिल्मका निर्देशक नेल्सन दिलीपकुमार हुन्। उनले नै पहिलो शृङ्खला ‘जेलर’ को पनि निर्देशन गरेका थिए। फिल्ममा संगीत पुनः अनिरुद्ध रविचन्दरले नै दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)