'पीएनओलाई नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान चाहिन्छ'
ratopati.com · Fri Jul 03 09:27:40 GMT 2026

काठमाडौं । सयौं वर्षअघि रोजगारी, व्यापार, सैनिक सेवा तथा अन्य विभिन्न कारणले नेपाल छाडेर म्यानमार (बर्मा), थाइल्यान्ड, मलेसिया, फिजीलगायत देशमा स्थायी रूपमा बसोबास गर्न पुगेका नेपाली मूलका समुदायले नेपाल सरकारसँग नागरिकता नभई आफूहरू नेपाली मूलका भएको पहिचान माग गरेका छन्।
‘पिपुल अफ नेपाली ओरिजिन (पीएनओ)’ अभियानका संयोजक कुमार कार्कीले आफूहरुले पुस्तौंदेखि विदेशमा बसोबास गरे पनि उनीहरूले नेपाली भाषा, संस्कृति, धर्म, परम्परा र पुर्ख्यौली सम्बन्ध जोगाइरहेको बताए । त्यसैले ‘नेपाली मूलको परिचयपत्र’ उपलब्ध गराएर नेपालसँगको सम्बन्ध औपचारिक रूपमा कायम गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)