यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु
barnanmedia.com · Thu Sep 03 22:44:21 GMT 2026

यमनको हुथी लडाकु समूहसँगको झडपमा बिहीबार यमनी सेनाका १३ जवान मारिएको एक सैन्य स्रोतले एएफपीलाई बताएको छ । स्रोतका अनुसार समूहले यमनको महत्त्वपूर्ण बाब अल–मन्दाब जलमार्ग छेउका क्षेत्र कब्जा गर्न आक्रमण गरेको आरोप लगाइएको छ ।
“प्रारम्भिक अनुमानअनुसार हुथी लडाकु समूहको आक्रमणमा परी दुई वरिष्ठ अधिकारीसहित १३ सैनिक मारिएका छन्,” सुरक्षाको कारण नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त स्रोतले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)