संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित
nepalbahas.com · Wed Jun 16 06:32:37 GMT 2021
२ असार,काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ । उक्त जात्रा कोरोना भाइरस संक्रमणका कारण गत वर्ष पनि स्थगित गर्दै क्षमापूजा मात्रै गरिएको थियो ।
‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यो जात्रा जेठ शुक्ल पूर्णिका अवसरमा तीन दिनसम्म सञ्चालन गरी मनाइन्थ्यो । जात्रामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने भएकाले दर्शनार्थीको आवतजावत तथा भीडभाडले स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने जनाउँदै पनौती नगरपालिकाले यस वर्ष क्षमा पूजामात्रै गरिने जनाएको छ । यस वर्ष असारको १०, ११ र १२ गते जात्रा मनाइने तिथि परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)