विश्वकप : अष्ट्रियालाई ३–० ले हराउँदै स्पेनको शानदार जित
ajakoartha.com · Fri Jul 03 09:30:00 GMT 2026
काठमाडौं- स्पेनले अष्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
स्पेनको जितमा मिकेल ओयार्जाबाल नायक बने। उनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। ओयार्जाबालले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए भने ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। यससँगै प्रतियोगितामा उनको गोल संख्या चार पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)