पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
barnanmedia.com · Fri Jul 03 09:51:56 GMT 2026
फ्रान्कफर्ट । जर्मन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्समान (Julian Nagelsmann) ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा जर्मनी पराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध हुँदै बाहिरिएपछि नागेल्समानको यो अप्रत्याशित निर्णय बाहिर आएको हो।
जर्मन फुटबल महासंघ (DFB) को मुख्यालय फ्रान्कफर्टमा बिहीबार भएको ३ घन्टा लामो गोप्य र संवेदनशील समीक्षा बैठकपछि ३८ वर्षीय नागेल्समानले राजीनामा दिने निर्णय गर्नुभएको युरोपेली खेलकुद सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)