आन्तरिक पर्यटनमा नेपालीको उत्साह - एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब, जिडिपीमा २.६५ प्रतिशत योगदान
arthasansar.com

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको सर्वेक्षण ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार नेपालको राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक पर्यटनको योगदान उल्लेखनीय देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत हिस्सा ओगटेको छ। देशभरका ४४४ गणना क्षेत्रका ५ हजार ३२८ घरपरिवारलाई नमुनाका रूपमा छनोट गरी ‘टु-स्टेज स्ट्रेटिफाइड स्याम्पलिङ डिजाइन’ विधिबाट गरिएको यस सर्वेक्षणले नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत (३६ लाख २१ हजार) घरपरिवार कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागी भएको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)