दुवागढीमा आगलागी : एक घर जलेर नष्ट
baahrakhari.com · Fri Jul 03 10:11:50 GMT 2026

झापा । मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब ४२ लाखबराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, लत्ताकपडा तथा अन्य विभिन्न सरसामान र घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता रज्जन अवालेले बताए । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)