क्रिकेट उत्सव २०२५, नेपाली क्रिकेटको उत्थानका लागि सेलिब्रेटीहरू एकजुट हुँदै
canadanepal.com · Thu Nov 06 16:33:57 GMT 2025
काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको सेलिब्रेटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’ आगामी नोभेम्बर ८ गते पाकिस्तान दूतावास क्रिकेट मैदान, धुम्बाराहीमा हुने भएको छ। भीएस नेटवर्कको आयोजनामा हुने यो विशेष २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद क्षेत्रका चर्चित हस्तीहरू एकै मञ्चमा उत्रिने भएका छन्।
आयोजकहरूका अनुसार ‘क्रिकेट उत्सव २०२५’ को उद्देश्य मनोरञ्जनसहित राष्ट्रिय एकता र गौरवको भावना जगाउँदै देशभर आधारस्तरीय क्रिकेटको विकासलाई समर्थन गर्नु हो। “क्रिकेट उत्सव खेल मात्र होइन । यो एकता, मनोरञ्जन र नेपाली क्रिकेटको अजेय उत्थानको उत्सव हो। सँगै आएर हामी खेल मात्र खेल्दैनौं; नेपालमा क्रिकेटको भविष्य निर्माण गर्दैछौं।” आयोजकले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)