क्यानडाद्वारा नेपाललाई ठूलो लक्ष्य
ekantipur.com · Mon May 27 17:37:29 UTC 2024
डालास, अमेरिका — क्यानडाले आईसीसी पुरुष ट्वान्टी २० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाललाई १ सय ८४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको क्यानडाले डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८३ रन बनायो ।
करण केसीले फालेको अन्तिम ओभरमा २१ रन जोडेर क्यानडाले बलियो स्कोर बनाएको हो । रविन्द्रपाल सिंहले अन्तिम ओभरमा दुई छक्का प्रहार गरे । उनी १७ बलमा १ चौका र ४ छक्कासहित ४१ र डिलोन हेलिगर ७ बलमा २ चौका प्रहार गरि १३ रन बनाई अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)