निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरबारमै सुरु
ajakoartha.com · Fri Jul 03 10:49:00 GMT 2026

काठमाडौं– निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो ।
निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)