लाओसबाट मान्यता खोज्दै मिन आङ ह्लाइङ
barnanmedia.com · Fri Jul 03 10:45:41 GMT 2026

म्यान्माका पूर्वसैनिक शासक तथा हालका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आसियान सदस्य राष्ट्रको औपचारिक भ्रमणका लागि शुक्रबार लाओस पुगेका छन् । विश्लेषकहरूले यस भ्रमणलाई अन्तर्राष्ट्रिय मान्यता र क्षेत्रीय सम्बन्ध सुधार्ने उनको प्रयासका रूपमा व्याख्या गरेका छन् ।
सन् २०२१ मा सैनिक ‘कू’ मार्फत आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार हटाएर सत्ता आफ्नो नियन्त्रणमा लिएका मिन आङ ह्लाइङले त्यसयता पाँच वर्ष प्रत्यक्ष सैनिक नेतृत्वमा शासन गरेका थिए । सुकीको दलमाथि प्रतिबन्ध, विपक्षीमाथि दमन र विद्रोही प्रभाव रहेका क्षेत्रमा निर्वाचन रोकिएपछि उनी यसै वर्ष अप्रिलमा नागरिक राष्ट्रपतिको भूमिकामा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)