स्वास्थ्य बीमा बोर्डले मङ्सिरसम्मको सबै बक्यौता तिर्यो
nepalpress.com · Fri Jul 03 10:55:23 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने रु २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो ।
बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बक्यौता फरफारक भएको जनाएको छ । गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)