माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार
nepalsamaya.com · Fri Jul 03 11:01:55 GMT 2026

काठमाडौं- माछापुच्छ्रे बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अर्वाड अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो।
काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरे। यस सम्मानले माछापुच्छ्रे बैंकले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाईमा पुऱ्याउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)