भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न आजपाको माग
lokaantar.com

आम जनता पार्टी (आजपा)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खानेपानी, विद्युत्, यातायात, टेलिफोन तथा सरसफाइलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न निर्णय गरेको प्रवक्ता तिलक थापा मगरले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)