यात्रीको गोजी रित्याउँछन् विमानस्थलका होटेल र क्याफे
gorkhapatraonline.com · Fri Jun 12 01:21:03 GMT 2026

नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थलपरिसरका १० संरचनाको ठेक्का लगाएको छ । प्राधिकरणले वार्षिक तीन करोड ३६ लाख ४६ हजार २११ रुपियाँ यहाँबाट आम्दानी गर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार संरचनाको ठेक्का अङ्क कायम गरिँदै आएको छ । सार्वजनिक सूचना जारी गरेर ठेक्का व्यवस्थापन र सम्झौता हुँदा कबोल गर्नेले लिलाम बढाबढ गर्छन् । यस्तो हुँदा नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सेवाशुल्क अङ्कभन्दा दोब्बर÷तेब्बर बढीमा कबुल गर्छन् । विमानस्थलमा आउजाउ गर्ने सेवाग्राहीलक्षित सञ्चालकले भने वस्तु तथा सेवाको मूल्यमा मनपरी वृद्धि गरेर ठेक्का रकम असुल्ने माध्यम बनाउँछन् । सधैँ भिडभाड हुने विमानस्थलमा आफैँ लिलाम बढाबढ गरेर लिएको ठेक्कामा भने उपभोक्ताको ढाड नराम्रोसँग सेकिँदै आएको खुलेको हो ।
विराटनगर विमानस्थलले पाँच वर्षका लागि २०७९ र २०८० सालमा ठेक्का पट्टा व्यवस्थापन गरेको थियो, जसको अवधि २०८५ सम्म छ । त्यसपछि २०८२ सालमा अन्य केही संरचनाको ठेक्का व्यवस्थापन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)