एमालेले भन्यो- सरकारले मानव अधिकारको उपहास गर्यो
baahrakhari.com · Fri Jul 03 11:15:25 GMT 2026

काठमाडौं । नेकपा (एमाले)ले भदौ २४ को घटनामा राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई अनुसन्धान गरी कारबाही गर्नुको साटो सरकारले संरक्षण दिएर राज्यका महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको आरोप लगाएको छ ।
सरकारको सय दिनको वाचा र यथार्थको समीक्षा गर्दै एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा मानव अधिकार आयोग र अन्य विभिन्न आयोगका दर्जनौँ प्रतिवेदनहरू ३० दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि दराजमै थन्किएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)