धवल शमशेर गएको कार्यक्रममा किन गएनन् दुर्गा प्रसाईं ?
nagariknews.nagariknetwork.com · Fri Jul 03 11:15:47 GMT 2026

एउटै मोर्चामा गोलबद्ध भएपछि नेता धवल शमशेर राणा सहभागी भएको पत्रकार सम्मेलनमा दुर्गा प्रसाईं सहभागी नभएपछि सञ्चारकर्मीले मनमुटाव भएको हो भन्ने प्रश्न गरेका छन् । शमशेरले आज पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक अधिकार कुण्ठित बनाए आन्दोलनको चेतावनी दिएका थिए । उनले सरकारले नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै उनले यस्तो कानुन ल्याइए नेपाली जनता चुप लागेर नबस्ने दाबी गरे।
यत्ति भन्दै उनले दुर्गा प्रसाईं कार्यक्रममा अनुपस्थित रहेको विषयमा कुनै मनमुटाव नरहेको स्पष्ट पारे । उनले भने, ‘उहाँ सुकुम्बासीहरूसँगको कार्यक्रममा जानुभएको हो। हामीबीच कुनै मतभेद छैन, एउटै एजेन्डामा छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)