देशव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१औँ वार्षिकोत्सव
baahrakhari.com · Fri Jul 03 11:42:34 GMT 2026

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ । यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ । यस वर्षको आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउँमा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरेको छ ।
यस उत्सवको सुरुआत देशभर रहेका यामाहा नेपालका सोरुम, डिलरशिप र कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ उद्घाटन तथा केक काट्ने कार्यक्रममार्फत गरिएको थियो । यस अवसरमा यामाहा नेपालले कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्याएका आफ्ना कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ । नेपालभरका १०० भन्दा बढी डिलरहरूले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, यामाहा मोटर इन्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)