युरोपमा इतिहासकै खतरनाक गर्मीको लहर
hamrakura.com · Fri Jun 26 00:00:00 GMT 2026
काठमाडौँ । युरोपमा यस वर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन्।
युरोप, अमेरिका र बेलायतका वैज्ञानिकहरू सम्मिलित विश्व मौसम एट्रिब्युसन समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा हालको उष्ण लहरको विश्लेषण गरिएको छ। उक्त अध्ययनअनुसार सन् १९७६ मा यस्तै प्रकारको गर्मीको लहर आएको भए तापक्रम अहिलेको तुलनामा करिब ३.५ डिग्री सेल्सियस कम हुने थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)