भोटेकोशी बाढीपछि परिवर्तन नेपालको पुरस्कार तथा सम्मान कार्यक्रम स्थगित
kalakarmi.com · Thu Aug 27 06:41:27 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिपछि परिवर्तन नेपालले आयोजना गर्न लागेको पुरस्कार तथा सम्मान कार्यक्रम स्थगित गरेको छ ।
परिवर्तन नेपालको आयोजनामा यही भदौ १२ गते शुक्रवार आयोजना हुने तय भएको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार, चेतना कार्की स्मृति पुरस्कार तथा परिवर्तन सम्मान कार्यक्रम देशमा उत्पन्न दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)