सिरहामा प्रहरीमाथि गोलि प्रहारः एक भारतीय पक्राउ, तीन फरार
bishowkhabar.com · Fri Jul 03 12:09:18 GMT 2026

काठमाडौं- लागू औषध नियन्त्रण ब्युरोले सिराहामा हेरोइन कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउका क्रममा ती व्यक्तिले प्रहरी टोलीमाथि कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको जनाएको छ ।
लागू औषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट नेपालमा हेरोइन आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा भारतको लालबन्दिया नाकाबाट सिराहा हुँदै काठमाडौं उपत्यकासम्म लागू औषध ल्याउने समूहको पहिचान गरिएको थियो । त्यसका आधारमा ब्युरोको सिराहा शाखा र इलाका प्रहरी कार्यालय महेशपुर, सिराहाको संयुक्त टोलीले असार १९ गते सिराहाको नवराजपुर गाउँपालिका–५ मा अपरेशन सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)