कर छुटदेखि कर्जा पुनर्संरचनाको सुविधा
gorkhapatraonline.com · Fri Sep 04 01:35:36 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित व्यक्ति तथा व्यवसायीलाई सरकारले पहिलो चरणको पुनरुत्थान प्याकेज घोषणा गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले घोषणा गरेको प्याकेजमा भन्सार महसुल छुट, कर विवरण बुझाउन थप समय उपलब्ध गराउनेदेखि न्यून ब्याजमा ऋण र कर्जा पुनर्संरचनाको सुविधा समेटिएको छ ।
अर्थ मन्त्रालयका अनुसार प्याकेज अन्तर्गत बाढीका कारण मर्मतसम्भार हुन नसक्ने गरी क्षतिग्रस्त वा हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरेर त्यस्तै किसिमका सवारी तथा ढुवानी आयात गर्दा भन्सारविन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)