आफ्नै घरमा सन्दीपले रचेको विश्व कीर्तिमान
baahrakhari.com · Tue May 19 07:00:11 GMT 2026
काठमाडौं । जब सन्दीप लामिछानेले ब्रेन्डन म्याकमुलेनको विकेट लिए, कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित दर्शकले लामो ताली बजाई उनलाई बधाई दिइरहे । मैदानमा सहकर्मी साथीले पनि उनको सफलतामा खुसी साटे । खुसी देखिएका सन्दीपले पिच ढोगे ।
स्कटल्यान्डविरुद्ध दुई विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्स खेलेर १५० विकेट पूरा गर्ने कीर्तिमान रचेका हुन् । सन्दीपले यसअघि ओडीआईमा सबैभन्दा छरितो १०० विकेट लिने खेलाडीको कीर्तिमान पनि आफ्नै नाममा लेखाएका थिए। उनले ४२ खेल खेलेर उक्त उपलब्धि हासिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)