नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्क बिहीन
arthasansar.com · Thu Aug 27 07:10:42 GMT 2026

बुधबार रसुवामा आएको बाढी पहिरोमा परेर नेपाल इन्भेष्टेमेन्ट मेगा बैंकका ७ जना कर्मचारी सम्पर्क बिहीन भएका छन् । बैंकले सूचना जारी गरेर रसुवा बाढीमा परेर स्याफ्रुबेशी शाखाका ७ जना र एक जना एक्स्टेन्सन काउन्डरका कर्मचारी सम्पर्क बिहीन भएको जनाएको हो ।
कर्मचारीहरु सम्पर्कमा नआएकाले देख्ने र भेट्नेहरुले जानकारी गराइदिन बैंकले आग्रह गरेको छ । बुधबार आउको भिषण बाढीमा परि ठूलो जनधनको क्षति भइसकेको छ । अहिले पनि उद्धारको काम जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)