सात वर्षदेखि सर्वोच्चमा मुद्दा विचाराधीन, पीडित हैरान
janaaastha.com · Mon Oct 24 13:15:41 GMT 2022
बहुचर्चित युनिटी लाइफ ठगी प्रकरणको मुद्दा ३६औं पटक पेसीमा चढे पनि अझै टुङ्गिएको छैन । पछिल्लो पटक गत असोज ५ गते पेशी तय भए पनि पुनः ‘हेर्न नभ्याइने’ मा परेको हो । सर्वोच्चको अभिलेखअनुसार उक्त दिन ३६ औं पेसी थियो । मुद्दा लम्बिएपछि सर्वसाधारणको डुबेको पैसा फिर्ता हुने आशामा तुषारापात भएको बताइन्छ ।
उच्च अदालत पाटनको फैसलाउपर चित्त नबुझेपछि महान्यायाधिवक्ताको कार्यालयले गत २०७२ जेठमा सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो । यता २०७४ सालमा सो प्रकरणका अभियुक्तले पनि सर्वोच्चमै पुनरावेदन हालेका थिए । कम्पनी ऐनअनुसार सजाय हुनुपर्नेमा ठगी र बैकिङ कसुरमा मुद्दा चलाइएको कानुनी छिद्र निकाल्दै अभियोगपत्र नै खारेज हुनुपर्ने माग अभियुक्तको छ । सर्वोच्च अदालतका अनुसार मुद्दामाथि अर्को मुद्दा गर्दै उक्त विषयसँग सम्बन्धित तर दोहोरो रुपमा दर्ता भएका १४ थान पुनरावेदन सर्वोच्चमा विचाराधीन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)