कहिले आउँछ उपासना र सोनम तोप्देनको ‘जलाकी’?
himalpress.com · Tue May 19 07:12:08 GMT 2026

काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता तथा गायक सोनम तोप्देनको मुख्य भूमिका रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । गत शनिबार पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्तिम दृश्य खिचिएसँगै ३९ दिनमा छायांकन पूरा भएको हो । शनिबार पोखरामा उपासना र सोनमलाई प्रस्तुत गर्दै गीतका दृश्यहरू खिचिएको थियो ।
पोखराअघि फिल्मको बागलुङ, रुकुम, रोल्पा र म्याग्दी जिल्लामा पनि छायांकन गरिएको थियो । छायांकन सकिएसँगै फिल्मको टिम काठमाडौं फर्किएर पोस्ट प्रोडक्सनमा जुटिसकेको छ । निर्देशक अशोक थापा मगरका अनुसार केही दिनमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिनेछ । फिल्मलाई यसै वर्ष प्रदर्शन गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)