कृष्णभिरमा डाइभर्सन खोल्ने प्रक्रिया सुरु
gorkhapatraonline.com · Fri Sep 04 01:52:37 GMT 2026

पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया सुरु भएको छ । प्राविधिक तथा विज्ञहरूको सुझाव र प्रतिवेदनका आधारमा डाइभर्सन निर्माणका लागि प्रक्रिया सुरु गरिएको सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले जानकारी दिनुभयो ।
“डाइभर्सन खोल्ने प्रक्रियाअनुसार अहिले सडकसँगै रहेको भित्ता काट्नुअघि सरसफाइको काम सकिएको छ,” उहाँले भन्नुभयो, “सरसफाइ र झाडी फाल्ने काम सकिएपछि अब डाइभर्सन कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा विज्ञहरूको डिजाइन आइसकेको छ । सोहीअनुसार फिल्डमा काम हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)