श्रीकृष्णका अनेक आयाम
gorkhapatraonline.com · Fri Sep 04 01:58:26 GMT 2026

हिन्दूहरूले प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीमा भगवान् श्री कृष्णको पूजाआजा गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । यसमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्री कृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यसरी जन्मष्टमीका दिन देशका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला व्रत बसी रातमा जाग्राम बस्ने चलन छ । जसरी संसारमा भएका अन्याय, अत्याचार राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभयो । यसरी कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई आदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दुको पवित्र ग्रन्थ मानिन्छ । जसमा भन्ने नै हो भने बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।
भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यो संसारमा भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव हुनुभएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्ण प्रणामी सम्प्रदायलगायत अन्य हिन्दु धर्मावलम्बीले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् । जब वसुदेवलाई गोकुल जाने आज्ञा भयो तब यशोदाको गर्भबाट योगमायाको पनि जन्म भयो । यसरी तिनै बालिका श्रीकृष्णको बहिनी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)