रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा गुल्मीमा दीप प्रज्वलन गरिने
gorkhapatraonline.com · Fri Sep 04 01:57:15 GMT 2026

रसुवा बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा गुल्मीमा सामूहिक प्रार्थनासहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिनेभएको छ। रसुवाको भोटेकोशीमा आएको अकल्पनीय विनाशकारी बाढीका कारण ठुलो धनजनको क्षति भएपछि यस जिल्लामा औपचारिक कार्यक्रमहरू स्थगित गरी सामूहिक दीप प्रज्वलन गरिने भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण मुलुक शोकको घडीमा रहेकाले निजामती सेवा दिवसलगायतका उल्लासमय सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ। बाढीमा परी दिवङ्गत भएका व्यक्तिहरूको सम्झना तथा घाइते र बेपत्ता भएकाहरूको स्वास्थ्य लाभ र सकुशल उद्धारको कामना गर्दै घटनाको १३ औँ दिन एवम् निजामती सेवा दिवस २०८३ को अवसरमा सामूहिक दीप प्रज्वलन कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)