भारतको सर्वोच्च अदालतको कडा आदेश: सार्वजनिक स्थल वरपर कुकुर छाड्न नपाइने
lokaantar.com

भारतको सर्वोच्च अदालतले आवारा (छाडा) कुकुरहरूका सन्दर्भमा कडा आदेश दिएको छ । अदालतले अस्पताल, बस पार्क, विद्यालय, रेलवे स्टेसन, विमानस्थल र आवासीय क्षेत्रजस्ता महत्त्वपूर्ण सार्वजनिक स्थलहरूबाट समातिएका आवारा कुकुरहरूलाई पुनः सोही क्षेत्रमा फिर्ता छाड्न रोक लगाएको हो ।
आदालको आदेशअनुसार अब उनीहरूलाई खोप वा नसबंदी (बन्ध्याकरण) गरेपछि पनि त्यहाँ छाड्न पाइने छैन । यसरी अदालतले आफ्नो अघिल्लो आदेशलाई दृढताका साथ कायम राखेको समाचार एजेन्सीहरू पीटीआईले जनाएको छ । समाचार अनुसार न्यायाधीशहरू विक्रम नाथ, सन्दीप मेहता र एनभी अन्जारियाको इजलासले यो निर्णय गरेको हो । इजलासले गत वर्ष नोभेम्बरमा जारी गरिएको निर्देशन परिमार्जन वा खारेज गर्न माग गरिएका धेरै याचिकाहरू अस्वीकार गरिदिएको छ । अदालतको यो निर्णयसँगै अब सार्वजनिक स्थानहरूबाट समातिएका आवारा कुकुरहरूलाई सडकमा छाड्न पाइने छैन । उनीहरूलाई अनिवार्य रूपमा सुरक्षित आश्रय गृह (डग सेल्टर) हरूमा राखिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)