बाढी प्रभावितका लागि भारतले पठायो २१.५ टन मानवीय सहायता
annapurnapost.com · Fri Sep 04 02:02:32 GMT 2026

काठमाडौं : भारतीय वायुसेनाका दुईवटा (C-130J) विमानमार्फत ल्याइएको २१.५ टन मानवीय सहायता सामग्री बिहीबार राती काठमाडौँ आइपुगेको छ।
गत बुधबार चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवास्थित भोटेकोशी नदीमा पुगेको क्षति र प्रभावितहरूको उद्धार, खोजी तथा व्यवस्थापनका लागि छिमेकी मुलुक भारतले उक्त सहायता सामग्री पठाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त राहत सामग्री भारतका प्रतिनिधि /राजदूतद्वारा नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)