किमको आक्रामक सन्देश
nagariknews.nagariknetwork.com · Fri Jun 26 10:38:28 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने आह्वान गरेका छन्। उता दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार किमले बिहीबार विभिन्न हतियार परीक्षणको अवलोकन गर्दै सेनाको ‘घातक र विनाशकारी आक्रामक क्षमता’ सुदृढ बनाउन निर्देशन दिएका हुन्। उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग वार्तामा फर्किन अस्वीकार गर्दै आणविक तथा परम्परागत सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिइरहेको समयमा यो सन्देश आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)