आईएसटी कलेजद्वारा कक्षा ११ का विद्यार्थीलक्षित ओरिएन्टेसन कार्यक्रम भव्य रूपमा सम्पन्न
kendrabindu.com · Fri Jun 26 10:48:29 GMT 2026

काठमाडौं । इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको ओरियन्टेसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । होटल व्यवस्थापन र आतिथ्य शिक्षामा नेपालकै अग्रणी संस्थाका रूपमा स्थापित आईएसटीले नवआगन्तुक विद्यार्थीलाई कलेजको परिवेशसँग जोड्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरेको हो ।
शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र बज्राचार्य, डाइरेक्टर टेकबहादुर ढकाल, प्रिन्सिपल सम्झना बस्न्यातलगायत सम्पूर्ण शैक्षिक टोली र नवआगन्तुक विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)