सरकारका सुनौला सय दिन, भ्रष्टाचारीका गए दिन !
nepalpress.com · Fri Jul 03 12:57:49 GMT 2026

मेटा प्लेटफर्महरूमा बालेन शाहको डिजिटल पहुँच १.२–१.५ अर्ब इम्प्रेसनको हाराहारीमा पुगेको बताइन्छ । सञ्चार विश्लेषण, जनसहभागिता सूचकाङ्क तथा राजनीतिक ब्रान्डिङको दृष्टिकोणबाट हेर्दा यो केवल व्यक्तिगत लोकप्रियताको सूचक मात्र होइन, नेपालको क्षेत्रीय पहिचान, सांस्कृतिक आत्मविश्वास र राष्ट्रिय गौरवसँग जोडिएको एक असाधारण परिघटना पनि हो ।
धेरै समर्थकहरूको दृष्टिमा बालेन्द्र शाह राष्ट्रवादी, देशभक्त तथा भाषणभन्दा कार्यान्वयनलाई प्राथमिकता दिँदै शासनको नयाँ परिभाषा निर्माण गर्न खोज्ने नेतृत्वका रूपमा स्थापित भइरहेका छन् । उहाँका निकटवर्ती सल्लाहकारहरूमध्ये कुमार व्यञ्जनकार ‘द बेन’ लाई सार्वजनिक हितलाई व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा माथि राख्ने निःस्वार्थ व्यक्तित्वका रूपमा चित्रण गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)