छात्रा बिरामी भएपछिको तरंग : बूढानीलकण्ठ स्कुलमा खास भएको के हो ? (अन्तर्वार्ता)
shilapatra.com · Fri Jul 03 12:57:29 GMT 2026

काठमाडौंको बूढानीलकण्ठ विद्यालयकी पूर्वविद्यार्थी देवाङ्गना भट्टको स्वास्थ्य अवस्थालाई लिएर यतिबेला चौतर्फी रूपमा चासो र चर्चा भइरहेको छ । परिवारले विद्यालयको छात्रावासमा दिइएको शारीरिक र मानसिक यातनाकै कारण आफ्नी छोरीको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी गरिरहेको छ । तर, यता विद्यालय र अभिभावकहरूको संस्था फ्रेन्ड्स अफ बूढानीलकण्ठ स्कुल (फोब्स)ले यस विषयमा खण्डन गरिसकेको छ ।
यस विषयमा फोब्सका सदस्यको संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदनले औँल्याएका र सुझाव दिएका विषयलाई कार्यान्वयन गरी उक्त मुद्दा समाधान भइसकेको र पुरानो कुरा सञ्चारमाध्यममा आउनुलाई आश्चर्यपूर्ण र नियोजित ठानेको फोब्सको भनाइ छ । खासमा भएको के थियो ? देवाङ्गनाको परिवारले विद्यालयलाई लगाएको आरोप र गरिरहेको दाबीप्रति विद्यालय के भन्छ त ? शिलापत्र कर्मी सञ्जिता देवकोटा ले यस घटनाका विविध पक्षबारे बूढानीलकण्ठ विद्यालयका प्रधानाध्यापक केशरबहादुर खुलाल सँग कुराकानी गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)