सुडानको एल-ओबिडमा संयुक्त राष्ट्रुङ्घद्वारा ‘रेड अलर्ट’ जारी
barnanmedia.com · Fri Jul 03 12:53:43 GMT 2026

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानको एल-ओबिड सहरमा फैलिरहेको “विनाश” तथा प्रकोपका कारण शुक्रबार “रेड अलर्ट” जारी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्को बहसलाई सम्बोधन गर्दै टर्कले विश्वका नेतालाई सहरमा हुने अत्याचार रोक्न सहयोग गर्न आग्रह गर्नुभएको छ ।
एल-ओबिदबाट आएका सङ्केतको आधारमा स्पष्टरुपमा सुडानमा अर्को मानव अधिकारविरुद्धको प्रकोप भइरहेको पुष्टि भएको उहाँले बताउनुभएको छ । सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सले सहर वरपरका क्षेत्रमा नियन्त्रणको लागि लडाइँ गर्दा नागरिक १८ महिनादेखि घेराबन्दीकोे अवस्थाको सिकार भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)