उद्धार निर्णायक मोडमा पुग्दा त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय ढकाल र न्यौपाने
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र श्रीराम न्यौपाने त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्यबाट फिर्ता भएका छन् । पार्टीको सचिवालय बैठकको निर्णयअनुसार दुवै सांसद स्थलमार्गबाट काठमाडौं फर्किएका हुन् ।
इन्जिनियरसमेत रहेका सांसद ढकालले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिसको आवाज सुनिएको र उद्धार कार्यले आशाजनक मोड लिएको बताएका छन् । उनले लेखेका छन्, ‘आवाज सुनिएको छ, अब इन्जिनियरिङ काम सकिएको छ, उद्धारको टिमको काम अगाडि छ। इन्जिनियरिङ हिसाबले यो ऐतिहासिक सफलता हासिल भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)