श्रद्धा र भक्तिपूर्वक आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै
annapurnapost.com · Fri Sep 04 02:53:15 GMT 2026

काठमाडौं : वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ।
आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा–आराधना, प्रवचन तथा भजनकीर्तनका साथै महिला–पुरुष दिनभर व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)