भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
nepalviews.com · Fri Sep 04 03:01:09 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ । विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताएका छन् ।
“देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको छ”, उनले भने, “हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ । हाल देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)