बाजुरामा बेपत्ता महिला मृत फेला
kendrabindu.com · Tue May 19 08:38:06 GMT 2026

बाजुरा । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् ।
श्रीमान्सँग झैँ-झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी थिइन् । आफन्त छर छिमेकमा खोजतलास गर्दा फेला नपरेपछि उनका दाइ नर बहादुर बुढाले हुलिया सहित प्रहरीमा निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)