पाल्पा पूर्ण संस्थागत प्रसूति र पूर्णखोप दिगोपना घोषणा
nepalpress.com · Tue May 19 08:34:30 GMT 2026

रुपन्देही । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मङ्गलवार आयोजित कार्यक्रममा पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयास आवश्यक रहेको बताए । उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै यहाँ मिसन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पतालमार्फत सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)