डडेल्धुरा अस्पतालमा रास्वपाको ‘हुकुमी’ पत्र, चौतर्फी आलोचना
shilapatra.com · Tue May 19 08:35:00 GMT 2026

सुदूरपश्चिम प्रदेशमा संघीय सरकारमातहत रहेको विशिष्ट विशेषज्ञ सेवासहितको एक मात्र अस्पताल हो, डडेल्धुरा । सोही अस्पतालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला समन्वय समिति डडेल्धुराले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै आलोचना भएको छ ।
जिल्ला सभापति सुरेन्द्र अवस्थीले अस्पतालमा ज्ञापनपत्रको नाममा हुकुमीपत्र बुझाएको भन्दै आलोचना भएको हो । ‘अस्पताल व्यवस्थापन समितिको कामकाजको समयावधि ३ जेठदेखि समाप्त भएकाले अब उपरान्त नयाँ समिति नबनेसम्म व्यवस्थापन समितिका कुनै पनि काम कार्य नगर्न–नगराउन’ भन्दै आदेश दिने शैलीमा ज्ञापनपत्र बुझाइएको हो । उक्त निर्देशनात्मक शैलीको पत्र सूचना पार्टीमा पनि टाँसिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)