जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
arthadabali.com · Fri Jul 03 13:48:59 GMT 2026

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुनेगरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुहुँदै उहाँले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले सरकारका अङ्गका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै गोरखापत्र संस्थान ऐतिहासिक संस्था र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)