‘दुःखका कुरै नगरौं, बसमा झुण्डिएर बस्थेँ, भाडा माग्नुअघि नै झर्थें’
ratopati.com · Fri Jun 12 04:15:00 GMT 2026

काठमाडौं । जितु नेपालले ‘मुन्द्रे’ उपनामबाट नेपाली हास्य-व्यंग्य क्षेत्रमा फराकिलो पहिचान बनाए । कुनैबेला चर्चित हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’को मुख्य पात्र थियो मुन्द्रे, जसको भूमिका जितु नेपालले निर्वाह गरेका थिए । लामो समय ‘जिरे खुर्सानी’ चल्यो, तर टेलिभिजन युग सकिएसँगै यो ओझेलमा पर्यो । त्यसपछि जितु फिल्म र कमेडी शोमा सक्रिय हुन थाले ।
उनको ‘मुन्द्रेको कमेडी क्लब’ शो पछिल्लो समय निकै चर्चामा रह्यो । त्यसपछि भने उनी फिल्ममा हिरोको रूपमा बढी छाइरहेका छन् । पहिले हास्य कलाकारकै भूमिका फिल्ममा निर्वाह गर्ने जितु ‘ह्यारी कि प्यारी’बाट हिरोका रूपमा डेब्यु भए । उनकै मुख्य भूमिका रहेको फिल्म ‘आई एम जितबहादुर’ असार ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी अभिनेताका साथै निर्माता पनि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)