‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’
kendrabindu.com · Fri Jul 03 14:09:48 GMT 2026

चितवन । कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताए । उनले भने, “भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।” उनले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)