उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छ - कृषिमन्त्री चौधरी
nepalviews.com · Fri Jul 03 14:13:28 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छन् ।
उनले रासससँग भनिन्, “चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ । यस वर्ष प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराइनेछ । किसानले जुन वर्ष क्रसिङ गर्नुभएको हो, सोही वर्षमै भुक्तानी सुनिश्चित गरिन्छ । किसानको रकम भुक्तानी हाम्रो प्राथमिकता हो र यसका लागि हामीले सक्दो मिहिनेत गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)