ब्राउन सुगर र कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
nepalpress.com · Fri Jul 03 14:12:01 GMT 2026

सिरहा । सिरहाको नेपाल–भारत सीमाक्षेत्रमा प्रहरीमाथि गोली प्रहार गर्ने एक भारतीय नागरिकलाई प्रहरीले जवाफी कारबाहीपछि नियन्त्रणमा लिएको छ । उनको साथबाट ब्राउन सुगर र कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार दिउँसो करिब २ः३५ बजे नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा नाकाबाट भारतबाट नेपालतर्फ लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ल्याउँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा संयुक्त टोली खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)