उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय गोष्ठी आजदेखि सुरु
nagariknews.nagariknetwork.com · Fri Jun 05 01:04:11 GMT 2026

धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा ‘उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय गोष्ठी हुँदैछ।
विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा आज (शुक्रबार)देखि सुरु हुने उक्त गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले जानकारी दिए। गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य तथा मानविकी, विज्ञान, कृषि र आदिवासी अध्ययनलगायतका विषयमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूबाट ४० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)