लागूऔषध प्रयोगले मानसिक समस्या
gorkhapatraonline.com · Tue May 19 09:11:42 GMT 2026

पछिल्लो समय बढ्दो लागूऔषध दुर्व्यसनका कारण मानसिक र पारिवारिक समस्या पनि बढिरहेको एक कार्यक्रमका सहभागीहरूले वताएका छन् । मंगलबार राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा भएको मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा बताएका हुन् ।
निर्णय पुनर्स्थापना केन्द्र घोराहीको समन्वयमा मानसिक समस्या व्यवस्थापनसम्बन्धी दुई दिने योग तथा ध्यान शिविर घोराहीमा सम्पन्न कार्यक्रममा यस्तो बताएका हुन्। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश ओलीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)